महेन्द्र आदर्श स्कुललाई चौथो लायन्स कप गर्ल्स फुटसल प्रतियोगिताको उपाधी
ललितपुर,२७ कार्तिक । चौथो लायन्स कप गर्ल्स फुटसल प्रतियोगिताको उपाधी महेन्द्र आदर्श स्कुलले जित्न सफल भएको छ।लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसद्वारा आयोजना गरिएको सो फुटसल प्रतियोगिताको फाइनल खेलमा महेन्द्र आदर्श स्कुलले महालक्ष्मी स्कुललाइ निर्धारित समयमा गोलरहित बराबरी भएपछी पेनाल्टी सुट आउटमा हराउदै उपाधी चुमेको हो।कुल १७ वटा बिद्यालय हरुले भाग लिएको सो प्रतियोगितामा भ्याली पब्लिक स्कुल तेस्रो र बिश्वामित्र गणेश माध्यमिक बिधालय चौथो स्थानमा रहेका थिए।

कात्तिक २४ गते देखि शुरुभै कातिक २६ गते सम्पन्न भएको सो प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी करीना तामाङ भइन भने उच्च गोलकर्ता मिन्जल लामा बन्न सफल भइन।
सो प्रतियोगितामा बिजयी खेलाडी एवम बिद्यालय हरु लाई प्रमुख अतिथी महालक्ष्मी नगरपालिकाकि उप प्रमुख लक्ष्मी महर्जन लायन्स क्लबका डिस्ट्रीक गभर्नर लायन महेश आचार्य,लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसकि अध्यक्ष सृष्टि बज्राचार्य डिस्ट्रीक चिफ स्पोर्ट्स तथा रोड सेफ्टी का लायन दिप्रश शाक्यले ट्रफी मेडल तथा प्रमाणपत्रका साथै स्कुल ब्याग स्टेशनरी केड कम्पनी द्वारा प्राप्त उपहार सहित विभिन्न सामग्रीहरु प्रदान गरेका थिए।
सो फाइनल खेलमा अतीथि हरुको रुपमा लायन्स क्लबका प्रथम भाइस डिस्ट्रीक गभर्नर लायन योगराज कडेल शर्मा,जोन चेयर पर्सन लायन बिनोद गौचन,प्रोग्राम कोअर्डिनेटर लायन सरु महर्जन लगायत लायन्स क्लब अफ ललितपुर रोयलका पदाधिकारी एवम सदस्यहरुको उपस्थिती रहेको थियो।
महिलाहरुलाइ खेलकुदमा सहभागी गराइ उनिहरुमा रहेको अन्तरनिहित क्षमतालाइ प्रस्फुटन गरि महिला शसक्तिकरणमा योगदान गर्ने उद्देश्यले लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डस ले हरेक बर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ।





