जिल्लाभर निशुल्क पीसीआर परीक्षण गर्न सोलुदुधकुण्ड युथ क्लबको माग



सोलुखुम्बु , २९ भाद्र ।जिल्लाको सोलु दुधकुण्ड नगरपालिका भित्र सामाजिक कार्यमा सक्रिय सोलु दुधकुण्ड युथ क्लबले भरपर्दो पीसीआर परीक्षण मेसिन उपलब्ध गराइ जिल्लाभर नि:शुल्क परीक्षण को ब्यबस्था गर्न माग गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीमार्फत प्रमुख जिल्ला अधिकारीलाइ ६ बुंदे ज्ञापनपत्र बुझांउदै क्लबले आइतबार सो माग गरेको हो। ज्ञापनपत्रमा लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक तथा निजी सवारी साधनहरुमा अनिवार्यरुपमा मास्क, सेनिटाइजर, बडी स्प्रे लगायत अन्य स्वास्थ्य सुरक्षा गर्ने सामग्रीहरु अनिवार्य व्यवस्था मिलाउनु पर्ने, चर्को मूल्यवृद्धि र म्याद गुज्रेका दैनिक उपभोग्य सामाग्रीहरुको बिक्री गरी जिल्लाबासीको स्वास्थ्यमा प्रतिकुल असर परेको हुँदा बजार अनुगमन तीव्ररुपमा अघि बढाउने व्यवस्था मिलाउन माग गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्