समसामयिक बिषय समेटिएको ‘जेन्जी तिहार’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)
काठमाडौं, १ कात्तिक । पर्व लक्षित गीतसंगीत ल्याउने क्रमको सिलसिलामा मोडल सजिना लामिछानेले वर्तमान अवस्थामा सान्दर्भिक ‘जेन्जी तिहार’ गीतको भिडियो सार्वजनिक गर्नुभएको छ ।

सजिना लामिछाने र तुलसी बोस्कोटाको शब्द,आरबी खत्री सरद, श्रद्धा दियाली,राजिब शाह,रमेश मैनाली,निर्मला कार्कीको स्वर रहेको ‘जेन्जी तिहार’ को भिडियोमा लक्ष्मी नाथ तिमल्सिना,आरबी खत्री सरद, सजिना लामिछाने,राज धामी,रमेश मैनाली,सरिता भण्डारी लगायतको उत्कृष्ट अभिनय रहेको छ ।
भिडियो देशको अबस्था,नेपालीले भोगेका हरेक दुःख सङ्घर्ष र चार्डबाडको महत्वलाई झल्काइएको छ । बिल्कुलै फरक ढंगको देउसी भैलो गीत ‘जेन्जी तिहार’ मा एरेन्ज र मिक्सिङ राजिब शाह , रेकडिस्ट प्रकाश श्रेष्ठ स्टुडियो म्युजिक सिटि अनामनगर मा रेकर्डिङ भएको हो भने कोरियोग्राफर दिनेश लिम्बु, आरबि खत्री सरदको निर्देशन, राज पोख्रेलको छायांकन, राज धामिको सम्पादन रहेको छ ।

