कमल घलेले ल्याए तिहार गीत ‘निधार खाली भो’ (भिडियो सहित )



 

काठमाडौं,२९ असोज । सकृय रुपमा उत्कृष्ट भिडियो निर्माण, निर्देशन गर्दै आईरहनु भएकी निर्देशक बबिता श्रेष्ठले तिहार लक्षित गीत‘निधार खाली भो’को भिडियो सार्वजनिक गर्नुभएको छ ।

तिहारको बेला आफ्ना दाजुभाई प्रदेशबाट नफर्किंदा घरमा दाजुभाईको प्रतिक्षामा बसेकी चेलिको अगाडी एक्कासी बाकसमा लास आइपुग्दाको पिडालाई मर्मस्पर्सी ढंगले भिडियोमा प्रस्तुत गरिएको छ ।

जसमा बिमल अधिकारी,बिना राउत, कमल ताम्राकार, लक्ष्मी भण्डारी,नव थापा लगायतका कलाकारले जिवन्त अभिनय गर्नुभएको छ ।

दिनेश सुवेदीको शब्द,कमल घले र जुनु प्रसाईको स्वर,सन्तोष प्रगाढको संगीत रहेको गीतको भिडियोमा पोष्टर राजेन्द्र पुरी,सम्पादन विकास दाहाल,छायांकन मुकेश हुमागाई टिमको रहेको छ ।

आफ्ना अघिल्ला भिडियोहरुलाई जस्तै यो पछिल्लो सिर्जनालाई पनि दर्शक,श्रोताहरुले मनपराई दिनुहुने कुरामा आफु विश्वस्त रहेको निर्देशक बबिता श्रेष्ठले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्