साईबर क्राइम अन्तर्गत अनुसन्धानमा तानिंदै एमाले नेता बस्नेत



काठमाडौं,१४ असोज ।नेकपा एमालेका नेता महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान गरिने भएको छ । एक महिलाले केही समय अघि हुलाकमार्फत दिएको जाहेरीका आधारमा नेपाल प्रहरीको साईबर ब्युरोले बस्नेतमाथी अनुसन्धान गर्न लागेको हो।

जाहेरीलाई तामेलीमा राखिएपछि उनले जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिइन्। त्यही निवेदनपछि सरकारी वकिलको कार्यालयले बस्नेतविरूद्ध थप अनुसन्धान गरी राय पेस गर्नू भनी चिठी पठाएको साइबर ब्युरोका एक अधिकारीले जानकारी दिए।

जिल्ला न्यायाधिवक्ता उदयचन्द अधिकारीले लेखेको पत्रमा महेश बस्नेतले आफ्नो फेसबुकमा लेखेको विषयमा अनुसन्धान गर्नू भनिएको छ।त्यस्तै, महेश बस्नेत फ्यान क्लब कसको नाममा खोलिएको छ, त्यसमा पनि थप अनुसन्धान गरी राय पेस गर्न भनिएको छ।

‘सरकारी वकिलको कार्यालयले यही असोज ५ गते लेखेको पत्र हामीलाई प्राप्त भएको छ,’ उनले भने, ‘त्यस आधारमा हामी अनुसन्धान अघि बढाउँदै छौं।’

प्रतिक्रिया दिनुहोस्