एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं,१२ असोज । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक यही असोज २७-२९ गतेसम्म बस्ने भएको छ ।

जेनजी आन्दोलनपछि पहिलो पटक अध्यक्ष ओली निवास गुण्डुमा आइतबार बसेको सचिवालयको बैठकले पार्टीको केन्द्रीय कमिटीको दशौं बैठक यही असोज २७ देखि २९ गतेसम्म र त्यसअघि १९ र २० गते सचिवालय बैठक बोलाउने निर्णय गरेको सो पार्टीद्वारा जारी प्रेस बक्तब्यमा जनाइएको छ ।
बैठकले भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति हाम्रो गंभीर ध्यानाकर्षण जनाउँदै दशैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति गंभीर आपत्ति प्रकट गरेको छ।

