गायक राम कुमार नेपाली र गंगा सोनमको स्वरमा रहेको ‘झ्याँडी खोला’ गीतको भिडियो सार्बजनिक
काठमाडौं,१२ असोज । लोकप्रिय गायक राम कुमार नेपाली र गंगा सोनमको स्वरमा रहेको ‘झ्याँडी खोला’ बोलको मर्मस्पर्शी गीतको भिडियो सार्बजनिक गारिएको छ ।

भारती पिक्चर्स युट्युव च्यानलबाट सार्वजनिक भएको सो गीति भिडियोमा दिनेश केसी.अमृत भारती,सुजन गौतम लगायतको जिवन्त अभिनय रहेको छ ।
अमृत भारतीको शब्द,रामकुमार नेपालीको संगीत,संगीत संयोजन रहेको गीतको भिडियोको छायांकन रवीन्द्र बराल,सम्पादक अच्युत बजगाईं, मेकअप कविता टोलाङ्गे, निर्देशक लिगेश भट्टराईको रहेको छ ।
किन युवाहरु विदेश पलायन भइरहेका छन् ? यो विषयमा सरकारले धेरै वकालत त गर्छ, चर्का चर्का भाषण पनि हुन्छन् । तर, दीर्घकालीन रुपमा कसरी निर्मुल पार्न सकिन्छ त्यो तर्फ कहिल्यै पनि गम्भीर भएर सोच्न सकेन । फलस्वरुप उर्जाशील दक्ष जनशक्ति दिनमा दुई गुना रातमा चौगुना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सप्तरङ्गी फूलको माला र खादा पहिरिएर चांडै फर्किने आशमा आँखा भरि आँशु पारेर वृद्ध बा,आमा र आफ्ना श्रीमती,लालाबालालाई छाडेर परदेसिन वाध्य बनेकाहरुको पिडालाई गीतको माध्यमबाट सन्देश दिने प्रयास गरेका छन् ।

