एसईई पूरक परीक्षामा उत्तीर्ण भए ८३ हजार ५६४ परीक्षार्थी
काठमाडौँ,११ असोज । एसईई पूरक परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालित परीक्षाको शनिबार प्रकाशित गरेको नतिजाअनुसार सो संख्याका परीक्षार्थी उत्तीर्ण भएको
नतिजा सार्वजनिक भएको छ राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।
गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो।

