भोटेकोसीमा चालकसहित डेलिभरी भ्यान बेपत्ता
सिन्धुपाल्चोक,१० असोज । सिन्धुपाल्चोकमा भोटेकोशी नदीमा भ्यान खस्दा भ्यान र चालक बेपत्ता भएका छन् ।

भ्यान सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीले दूध संकलनमा प्रयोग गर्दै आएको बा १२ च ६५९४ नम्बरको डेलिभरी भ्यान शुक्रबार बिहान ५:२० बजे सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ बलेफीस्थित अरनिको राजमार्गबाट भोटेकोशीमा खसेको हो।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार भ्यान चालक काभ्रेको पनौती नगरपालिका-१० पस्थली बस्ने २२ वर्षीय नवराज खुलाल रहेको खुलेको छ।
सुकुटेबाट खाडिचौर जाने क्रममा सडकबाट ५० मिटर तल खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ।भ्यानमा चालकमात्रै सवारी रहेको बुझिएको पनि प्रहरीले जनाएको छ।

