मोडल बिजेन्द्रलाई सर्वोत्कृष्ट काव्य म्युजिक अवार्ड
काठमाडौं, ९ असोज । काव्य म्युजिक सेन्टर र दक्षिण काली अफसेट प्रेशको आयोजनामा ‘चौथो काव्य म्युजिक अवार्ड २०८२’ अभिनेता कृष्ण मल्लको प्रमुख आतिथ्यता,दक्षिणकाली अफसेट प्रेशका अध्यक्ष टपेन्द्र केसिको सभापतित्वमा चलचित्र बिकास बोर्डको सभाहलमा सम्पन्न भएको छ ।

अवार्ड कार्यक्रममा लोकप्रिय सर्जक, मोडल बिजेन्द्र नौबागे बर्ष सर्बोत्कृष्ट आधुनिक गीत म्युजिक भिडियो मोडल अवार्ड २०८२ द्दारा पुरस्कृत हुन सफल भएका छन् ।
यसैबीच बिभिन्न क्षेत्रमा योगदान पु¥याएका समाजसेवी, व्यवसायी, स्रष्टा, सर्जक साथै कलाकारहरुलाई अवार्ड तथा सम्मानपत्र प्रदान गरिएको थियो । मोडल बिजेन्द्र नौबागे बिगत २०६३,६४ साल देखि अनवरत रुपमा नेपाली गीत संगीतको क्षेत्रमा सकृय छन् ।
गीत संगीत सिर्जना र भिडियो अभिनय मार्फत दर्शक, श्रोताहरुको मन जित्दै आफुलाई स्थापित कलाकारको पहिचान बनाउन सफल भएका छन् । कार्यक्रमलाई दिपेन्द्र शाहीले सहजिकरण गरेका थिए ।

