दशैं गीत ‘दशैंको टीका’ को भिडियो सार्वजनिक



काठमाडौं,७ असोज । नेपाली चलचित्र क्षेत्रका निर्माता तथा अभिनेता ईश्वर थापा विदेशी भूमिमा रहेर पनि नेपाली कला संस्कृति संरक्षणमा सदैव सकृय रहदै आउनु हुने क्रममा नेपालीहरुको महान पर्व बडा दशैंको अवसर पारेर दशैं गीत ‘दशैंको टीका’ को भिडियो सार्वजनिक गर्नु भएको छ ।

सुदीप पाण्डेको शब्द,एडवर्ड थापाको स्वर हरेको गीतको भिडियोमा विष्णु ढकाल,लक्ष्मी ढकाल,दुर्गा दाहाल,अर्जुन सापकोटा,सुदीप पाण्डे, ईश्वर थापा लगायतको अभिनय रहेको छ ।

क्यानाडाको विन्ड्जरमा छायांकन गरिएको दशैैंको माहोलमा परिवारजनको भेटघारलाई भिडियोमा कैद गरिएको यसमा संगीत,एरेन्ज र मिक्स ईश्वर थापा,छायांकन र सम्पादन रहेका लामा,निर्देशन ईश्वर थापाकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्