गायिका रिया खत्रीको ‘कोशेली केरा चाहिन्छ’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)



 

काठमाडौं,१६ भदौ । उदयमान गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो ‘कोशेली केरा चाहिन्छ´सोमबार सार्वजनिक भएको छ ।

रिया खत्री र कलाकार विश्वास नेपालको स्वरमा रहेको सो गीतमा शब्द राजेश नेपाल बबिनको रहेको छ भने सङ्गीत बिश्वास नेपालले भरेका छन् । भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका छन ।चर्चित मोडल लोमस शर्मा र गायिका रिया खत्रीले उत्कृष्ट अभिनय छ । रियाको कोशेली आशा लाग्दो म्युजिक भिडियो बनेको निर्देशक प्रकाश भट्ट र गायक बिश्वास नेपालले बताए ।

गीत सार्वजनिक भएसङ्गै आफु निकै उत्साहित भएको रियाले बताइन।

हालसम्म उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा स्वर र अभिनय गर्दै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो उपस्थिति दर्ज गराएकी छिन् । नेपालका विभिन्न जिल्लाका महोत्सव तथा सांगीतिक कार्यक्रममा प्रस्तुतिसँगै उनले मलेसिया,सिङ्गापुर,भारतलगायत मुलुकमा समेत पुगेर आफ्नो प्रस्तुती दिईसकेकी छिन् ।

सल्यान जिल्ला बागचौर नगरपालिका घर भएकी रियाले प्लस टु उत्तीर्ण गरेपछि थप अध्ययनका लागि काठमाडौं आएकी थिइन् । २१ वर्षकै उमेरमा उल्लेखनीय सफलता हासिल गरेकी उनले कलाकारितालाई नै जीवनको प्रमुख पहिचान बनाएर अघि बढ्ने संकल्प व्यक्त गरेकी छन् ।

उनले दर्शकलाई आफ्नो गीत ‘कोशेली’ हेरी प्रतिक्रिया दिन तथा युट्युब च्यानल Riya Khatri Official सब्सक्राइब गर्न आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्