‘घर संसार’ युनिटको प्रतिबद्दता



काठमाडौं,३ भाद्र । रामभक्त श्रेष्ठको लेखन तथा निर्देशन रहेको सिरियल ‘घर संसार’ को सफलतापूर्वक २५ एपिसोड पुरा गरि २६ एपिसोड सुरु भएको उपलक्ष्यमा कलाकार,प्राबिधिकहरुको एक बिशेष कार्यक्रमको आयोजना गरि आपसमा खुशि साटासाट गर्दै आगामी दिनमा अझ स्तरिय र दर्शक रुचिको कथावस्तुलाई प्राथमिकता दिदै ‘घर संसार’ लाई निरन्तरता दिने प्रतिबध्दता व्यक्त गरेका छन् ।

शहरमात्र होइन, गाउँघर पाखा पखेराले चिनेको,हरेक दिन दुखियाँहरूको आफ्नै कथा व्यथा बोलिदिने मनोरञ्जनसँगै सामाजिक सन्देशमूल सिरियल ‘घर संसार’ हरेक बिहीबार साँझ कान्ति भैरब मिडिया युट्युब च्यानलमार्फत प्रसारण हुँदै आएको छ ।

तीन दशकदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील निर्माता, निर्देशक रामभक्त श्रेष्ठको लेखन तथा निर्देशन रहेको यो सिरियलमा मञ्जु श्रेष्ठ,रामभक्त श्रेष्ठ, शिवन श्रेष्ठ, रवि खड्का,दीपक खड्गी,विक्रम दोंग,नियुक्ती शेर्पा,सुनिता बु्ढाथोकी,सुश्मिता थापा,खुशी राई,देवी गमराती,दिपेन लिम्बु,राम प्रसाद,कोइराला,विष्णु श्रेष्ठ,सुधन धिताल, गोपाल मोक्तान,सुपा खनाल,सत्य श्रेष्ठ,श्याम श्रेष्ठ,कुमार श्रेष्ठ, कृष्ण श्रेष्ठलगायतको अभिनय छ । प्रज्वल राउत ‘गोकुल’को छायांकन, विक्रम दोङ्ग र बिवेक दोङ्गको निर्माण, विवेक दोङ्गको नै टाइटल गीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्