वीर अस्पतालको नियमित सेवा ट्रमा सेन्टरबाट सन्चालन गरिने

काठमाडौं, २१ भाद्र । वीर अस्पतालमा भइरहेको नियमित स्वास्थ्य सेवा अब राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन गरिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड १९ अस्पतालको रुपमा सञ्चालन गर्ने गरेसंगै नियमित स्वास्थ्य सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट सन्चालन गर्न लागिएको मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
आइतबार इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सो निर्णय गरेको उल्लेख गर्दै प्रबक्ता गौतमले
उपत्यकामा गम्भिर अवस्थाका कोरोना संक्रमति उपचाकरा लागि ६० वेडको आइसीयु ब्यबस्थापन गर्न बजेट समेत छुट्याएको जानकारी दिए ।
त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा ६० वेडको आइसीयु थप गर्न बजेट छुटाइएको प्रवक्ता गौतमले बताए ।
त्यसैगरी स्वास्थ्य विधामा अध्ययन गरेका स्वास्थ्यकर्मीहरुलाई स्वयंसेवकको रुपमा खटाउने समेत निर्णय भएको उनले जानकारी दिए ।

