नेपालभाषा एकेडेमीले पुरानै परम्पराको ‘दबु प्याखं’ मन्चन गर्ने
काठमाडौं,२ भदौ । नेपालभाषाको वाङ्गमय क्षेत्रमा कृयाशिल प्राज्ञिक संस्था नेपालभाषा एकेडेमी र ललितुर महानगरपालिकाको सहकार्यमा एतिहांसिक परम्परागत शैलीमै नेपालभाषा दबु प्याखं (नेपालभाषा डबली नाटक) निर्माण गर्ने भएको छ ।

लोप हुन लागेको डबली नाटक (सामाजीक घटनाक्रमको यथार्थ चित्रण सहितको सन्देश मुलक नाटक) पुर्ण उत्थान गर्दै, नयां पिंढिलाई नेवाः भाषा कला संस्कृती र संस्कार बारे पहिचान प्रस्तुत गर्न नेवाः दबु प्याखं प्रदर्शन गर्न लागेको जानकारी आयोजक समितीले आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको थियो ।
ईन्द्रजात्राको अवसरमा यसरी दबु प्याखं अर्थात डबूली नाटक परापुर्वकाल देखिनै जनताहरुलाई सचेत गराउन सत्कर्म र अनित्यकर्म गर्दा कस्तो सम्मान र दन्डको परिणाम प्रवाह हुने सन्देश र शिक्षा प्रदान गर्ने लक्ष प्राप्तीको निम्ती जन समुदाय बीच खुल्ला ठाउंमा सर्वसाधारण जनता माझ प्रदर्शन गरिन्छ ।
नेपालभाषा एकेडेमि र ललितपुर महानगरपालिकाको प्रयास मा यसरी च्वंगु दबु प्याखंलाई पनर्जीवन प्रदान गरीन लागेको कुरा सो प्रेस भेटघाटमा बताइएको छ ।
दबु प्याखं निर्माण र प्रदर्शन का लागि नेपालभाषा एकेडेमीको तर्फबाट दबु प्याखं समिति गठन गरिएको छ । उक्त समितिका संयोजक विजयरत्न असंबरेले सन्चालन गरेको पत्रकार सम्मेलनमा समितिका सदस्य प्राज्ञ राजित बहादुर श्रेष्ठले प्रेस वक्तव्य वाचन गरेर सुनाएका थिए ।
एकेडेमीका चान्सलर मल्ल के सुन्दरले दबु प्याखं प्रदर्शन बारे प्रकाश पारेको सो कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रवक्ता वडा नं ९ का वडाध्यक्ष राजु महर्जन र एकेडेमीका सदस्य सचिव महेन्द्र गोपाल
कर्माचार्यले पनि मन्तव्य राखे ।
आइतबार सम्पन्न पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार दबु प्याखं मा यसपालि ललितपुर का कलाकार र प्याखं समुह मात्र सम्मिलित गराउने तयारी भइरहेको जानकारी एकेडेमीका चान्सलर मल्ल के. सुन्दरले बताए । प्याखंका उपयुक्त प्रस्ताव आह्वान गरिएको छ भने प्राप्त प्रस्ताव मूल्यांकन गर्ने अधिकार आयोजकमा रहनेछ ।
दबु प्याखं शुरुमा ललितपुर का तीन वटा सांस्कृतिक दबुहरुमा मन्चन गरिनेछ भने त्यसपछि लोकप्रियता को अाधारमा अन्य स्थानमा पनि मन्चन गर्न सकिने छ । उपयुक्त स्कृप्टका रिर्हसल अायोजक ले रिहर्सल खर्च उपलब्ध गराउने छ भने त्यसपछि मन्चन गरे बापट प्रति मन्चन को हिसाबले उचित रकम उपलब्ध गराउने कुरा बताइएको छ ।

