शिलु भट्टराईको ‘यहीँ हो मेरो थुतुनो’ तीज गीत सार्वजनिक
काठमाडौ,२८ साउन । नेपाली नारीहरुको महान चार्ड तीज नजिकिदै गर्दा बजारमा थुप्रै तीज गीतहरु आईरहेका छन् । यसै क्रममा गायिका शिलु भट्टराईको ‘यहीँ हो मेरो थुतुनो’ तीज गीत सार्वजनिक भएको छ ।

बाबुराम बिश्वकर्माको शब्द, खुमन अधिकारीको लय सिर्जना रहेको यस गीतमा शिलुलाई खुमन अधिकारीले साथ दिएका छन् । शिलु भट्टराई अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियो जेरि भन्डारीले निर्देशन र कोरियोग्राफी गरेका छन् ।
भिडियोमा खुमन अधिकारी,शिलु भट्टराई,जेरि भण्डारी,जुनु एसडि, श्रीपोखरेल,सरोज पुर्जा लगायतको अभिनय देख्न सकिन्छ । रमाइलो र ठट्यौली शब्दमा तयार भएको यस गीतलाई करन चैसिरले खिचेका हुन भने सुजन कोइरालाले सम्पादन गरेका छन् ।

