स्वदेश गान लिएर आउँदै सञ्चारकर्मी कार्की
काठमाडौ,२४ साउन । जन आकाश मिडियाका सञ्चालक मोहन कार्कीको रचना रहेको स्वदेश गान साउन २९ गते लोकार्पण गरिने भएको छ ।’हाम्रो देशमा अव्यवस्थित गाउँ शहर छ, मलाई सुन्दर नेपाल बनाउने रहर छ’ बोलको राष्ट्र भावले ओतप्रोत सो गीत जन आकाश मिडियाको बार्षिकोत्सवका अवसरमा लोकार्पण गर्न लागिएको रचनाकार कार्कीले जानकारी दिए।

उक्त स्वदेशगानमा राष्ट्रिय कलाकार सुवास गजुरेल, संगीतकार माधव भण्डारी,गायक रुपक डोटेल तथा चर्चित कलाकारहरु एकराज गराच, सञ्चिता शाही,सुनिता खड्का, अभिचन्द्र कार्की,संगीतकार विजेन्द्र नौबागे,रचनाकार मोहन कार्की, दिपक बराल,देवि प्रसाद चौलागाई, बिनोद कार्की, बिनोद नेपाली, बाल कलाकारहरुको पनि सहभागिता थियो, उक्त कलाकारहरुलाई मेकअप गरी सुन्दर बनाउने काम मेकप आर्टिष्ट राजिना बज्रचार्यले गरेका थिए।
रचनाकार मोहन कार्कीले उक्त गीत केही दिन अगाडी मात्र फेसबुकमा सार्वजनिक गरेका थिए । रचना मन परेर विजेन्द्र नोबागेले तुरुन्तै संगीत भरे । संगीत संयोजन माधव भण्डारीले उत्कृष्ट बनाउन भुमिका खेलेका छन् भने रुपक डोटेल र उषा गजुरेलको स्वर रहेको छ । कोरसमा एनिस एन्जल राई, लक्ष्मी स्याङतानले सहयोग गरेका थिए ।

