कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष तथा विश्व कीर्तिमानी सञ्चारकर्मी (राज) सम्मानित



काठमाडौं,१६ साउन। कार्यक्रम व्यवस्थापन संघ नेपालका अध्यक्ष तथा विश्व कीर्तिमानी सञ्चारकर्मी राजेन्द्र लुईटेल(राज)सम्मानित भएका छन्।

कार्यक्रम व्यवस्थापन (Event Management) लाई नेपालमा औपचारिक पेसाको रूपमा स्थापित गर्न अग्रणी भूमिका निर्वाह गरेका उनलाई दक्ष इन्टरनेशनलको आयोजनामा हालै सम्पन्न’ग्लोबल स्टार अवार्ड २०२५’मा बिशेष सम्मान प्रदान गरिएको हो।

प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका वरिष्ठ नेता डा. चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियन हलमा सम्पन्न सो कार्यक्रममा बिशेष सम्मान प्राप्त गरेका राजेन्द्र विश्वप्रतिष्ठित संस्था गिनिज वल्र्ड रेकर्डस्मा आफ्नो नाम सुनौलो अक्षरले लेखाउन सफल हुनुका साथै अमेरिका बुक अफ रेकर्डस,अमेरिका,द व्रिटिश वल्र्ड रेकर्डस युके,युरोपियन रेकर्डस बुक,युरोप,युनिभर्सल वल्र्ड रेकर्डस भारत,दादा साहेव फाल्के ईण्डियन टेलिभिजन अवार्ड,भारत,महात्मा गान्धि ईन्टरनेशनल अवार्ड भारत,एपिजे अव्दुल कलाम सेवा सम्मान जस्ता विश्व प्रसिद्ध संघसंस्थाहरुबाट सम्मानित भइ सकेका छन्।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको दोस्रो चरणमा गीत–संगीत,अभिनय,निर्देशन,फेसन, चलचित्र,सौन्दर्यशास्त्र,सामाजिक कार्यलगायतका ४० विधामा विशिष्ट प्रतिभाहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रमको सञ्चालन चर्चित सञ्चारकर्मी प्रियंका प्रसाईले गर्नु भएको थियो,जसले सम्पूर्ण समारोहलाई सशक्त,आकर्षक र स्मरणीय बनाइन्।

कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा,अभिनेत्री सनी रौनियार, निर्देशक रमेश बुढाथोकी, अभिनेता उत्तम केसी, प्रा. डा. बाबुराम गौतम, डा. सीता ढुङ्गाना, नेपाली सेनाका ब्रिगेडियर जनरल राजन अधिकारी लगायत थुप्रै विशिष्ट अतिथि तथा सांस्कृतिक हस्तीहरूको उपस्थिति थियो।

समारोहका संयोजक तथा अध्यक्ष टेकराज पाण्डेले‘ग्लोबल स्टार अवार्ड’ को उद्देश्य नेपाली प्रतिभाको पहिचान,सम्मान र विश्वस्तरमा प्रवर्द्धन गर्नु रहेको उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्