धीरज र रजनीको स्वरको ‘गाजलु आँखा’ सार्बजनिक
काठमाडौ,१५ साउन । नारीहरुको महान पर्व नजिंकिदै गर्दा यतिबेला तीज गीत बजारमा ल्याउने होडबाजी नै चलेको छ । यसै क्रममा हालै मात्र‘गाजलु आँखा’ बोलको तिज गीत सार्वजनिक भएको छ ।

युवा सर्जक तथा मोडल धीरज खत्रिको लय,शब्दमा तयार भएको ‘गाजलु आँखा’ गीतमा धीरज खत्री र रजनी थापाको सुमधुर स्वर सुन्न सकिन्छ । हुम गैरेको निर्देशन,सम्पादन रहेको यस भिडियोलाई केशव बिश्वकर्माले खिचेका हुन ।
भिडियोमा धीरज खत्री,रबिना भण्डारी,रबिना श्रेष्ठ,सदिक्छा थापाको सशक्त अभिनय रहेको छ।अडियो,भिडियो डिके म्युजिक सोलुसन प्रालिले बजारमा ल्यायको हो।

