गायिका सञ्जुको ‘निलो आकाशैमा बादलु’ सार्वजनिक (भिडियो सहित )
काठमाडौं,५ साउन । नारी पर्व तीज नजिकिँदै गर्दा तीज लक्षित गीत संगीत सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तैमा सञ्जु न्यौपाने र पुस्कल शर्माको स्वरमा‘निलो आकाशैमा बादलु’बोलको तीज गीत दर्शक, श्रोता समक्ष आएको छ ।

रमेश परियारको शब्द, संगीत रहेको गीतको भिडियोमा लोमाश शर्मा, आशा भुसाल, सञ्जु न्यौपाने, सन्तोष पाण्डे लगायतका कलाकारको अभिनय छ ।
चक्रबहादुर बरालले खिचेको भिडियोमा सम्पादन,कलरिङ विष्णु खड्का, मेकअप कविता तोलाङ्गी,निर्देशन निरेन श्रेष्ठको रहेको छ । भिडियो गायिका सञ्जु न्यौपानेको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

