एलिना चौहानको नयाँ गीत ‘एउटा नाता टुटेपछि’ सार्बजनिक (भिडियो सहित)
काठमाडौं,२४ जेठ। पछिल्लो समय चर्चामा रहेकी गायिका एलिना चौहानको स्वरमा नयाँ गीत ‘एउटा नाता टुटेपछि’ को भिडियो सार्वजनिक भएको छ ।

शंकर बिसीको मर्मस्पर्शी शब्द, रमेशराज भट्टराईको संगीत, राम कुमार नेपालीको एरेञ्ज र कुमार राना मगरको मिक्सिङ रहेको गीतको भिडियोमा एलिना चौहानको अभिनय रहेको छ।
एलिना चौहानको वास्तविक कथामा आधारित भनिएकोे गीतको भिडियोमा दुर्गा पौडेलको छायांकन,नबिन घर्ती मगरको सम्पादन, शंकर बिसीको निर्देशन रहेको छ भने गीतको भिडियो शंकर बिसीकै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।

