२ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गर्ने कर्णाली बिकास बैंकका तत्कालीन अध्यक्ष पक्राउ



काठमाडौं,१८ जेठ । कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले उनलाई शनिवार साँझ रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो।

बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोप लागेपछि राय फरार रहेका थिए।

उनलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ । २०६० सालमा स्थापना भएको कर्णाली विकास बैंकका राय संस्थापक अध्यक्ष हुन् ।

सीआईबीका अनुसार यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरू समेत अनुसन्धानको दायरामा परेका छन्।

उक्त प्रकरणमा बैंकका पूर्व सिईओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी र हालका सिईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाहसमेत अनुसन्धानको दायरामा तानिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्