सोलुखुम्बुमा १०२ बर्षीय ज्येष्ठ नागरिकले गरे नेपाली कांग्रेसको क्रियाशील सदस्यता नविकरण



सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नं २ निबासी १०२ बर्षीय गणेश बहादुर बस्नेतले नेपाली कांग्रेसको क्रियाशील सदस्यता नविकरण गरेका छन्।

हाल काठमाडौंमै रहनुभएका सोलु कांग्रेसका पुराना नेतामा गनिने बस्नेतलाई सोमबार पार्टी जिल्लाका पूर्बसभापति छत्रध्वज बस्नेतले नविकरण गरिएको सदस्यता घरमै पुगेर हस्तान्तरण गरेका थिए। बस्नेत क्रियाशील सदस्यता नविकरण गर्ने सोलुखुम्बुका सबैभन्दा ज्येष्ठ नागरिक भएको नेपाली कांग्रेसका महादिबेशन प्रतिनिधि एबम् नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन थापाको भनाई छ।

नेपाली कांग्रेस सोलुखुम्बु नेता कैलाश केसीका अनुसार बस्नेत नाताले नेपाली कांग्रेसका महामन्त्री गगन थापाका सहोदर मावली हजुरबुबा हुन्।

हाल नेपाली कांग्रेस ज्येष्ठ नागरिक सभाको केन्द्रीय सदस्य रहेका बस्नेत २०४९ र २०५४ सालको स्थानीय निर्बाचनमा कांगेल गाउँ बिकास समितिको अध्यक्षमा निर्बाचित भएका थिए।

बस्नेत नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका पूर्ब उपसभापति पनि हुन्।

आस्था र निष्ठाका साथ पार्टीमा सक्रिय हुन युवा पुस्तालाई प्रेरणा मिलोस भन्ने उद्देश्यले यो उमेरमा पनि आफुले पार्टीको कृयाशील सदस्यता नविकरण गरेको बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस्