उपप्रधान तथा अर्थमन्त्री पौडेल कीर्तिपुर अस्पतालबाट ‘डिस्चार्ज’



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट ‘डिस्चार्ज’ भई घर फर्कनुभएको छ ।

शनिबार पोखरा भ्रमण वर्ष उद्घाटन कार्यक्रममा बेलुन प‌ड्किएर घाइते हुनुभएका अर्थमन्त्री पौडेल अस्पतालमा दुई दिनदेखि उपचार गराई रहनुभएको थियो ।

जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको नदेखिएकाले अर्थमन्त्री पौडेललाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने निर्णय भएको कीर्तिपुर अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्