भन्सार छलीको मोटरसाइकलसहित एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौं।ट्राफिक प्रहरीले भन्सार छली ल्याईएको मोटरसाइकल सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

मकवानपुरको हेटौडा उपमहानगरपालिका १६ चिसापानी घर भई काठमाडौंको थली बस्ने २२ वर्षीय सुजल गुरुङलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका-२ बाट नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजय बहादुर राउतका अनुसार गुरुङले चलाई हिँडेको अवस्थामा प्रदेश ३-०२-०२० प ९८ ७९ नम्बरको KTM Duke मोटरसाइकल फेला पारी लिईएको हो ।
अनुसन्धानको सिलसिलामा उक्त मोटरसाइकल विगतमा भन्सार चोरी पैठारी गरी आएको हुँदा थप अनुसन्धान एवम् आवश्यक कारबाहीको लागि मोटरसाइकल सहित नियन्त्रणमा आएका गुरुङलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाईएको उनले बताए।

