रहिनन् पञ्चायतकालीन जनपक्षीय नेता नानीमैया दाहाल
काठमाडौ। तत्कालीन राष्ट्रिय पुञ्चायतकी सदस्य नानीमैयां दाहालको निधन भएको छ। दाहालको ९२ बर्षको उमेरमा सोमबार निधन भएकाे हो। निमोनियाले पीडित दाहालको हिजो उपचारकाक्रममा चाबहिलको दीर्घायु अस्पतालमा निधन भएको हो ।

कथित प्रजातन्त्रबादीहरुले मिथकको रूपमा प्रयोग गर्ने गरेपनि ‘जनपक्षीय पञ्च’को इमेज बनाएकी दाहाल पञ्चायतकालकी सुधारवादी र सुशासन पक्षधर चर्चित व्यक्ति थिइन। उनी तल्लाे वर्गका नागरिकहरूकाे आवाज बन्दै आएकी थिइन ।
पञ्चायती व्यवस्थाप्रति वितृष्णा जागेको बेला पनि जनताले उनै नानीमैयालाई जिताएका थिए । पछिसम्म पनि उनी जनताका अधिकारकै लागि मालपाेत,भूमि सुधार,नापी कार्यालय,जिल्ला विकास समिति,जिल्ला प्रशासन कार्यालय,नगरपालिकाहरूमा गएर जनताका काममा खटिरहेको देखिन्थ्यो ।
२०२९ सालमा काठमाडौंको जोरपाटी गाउँ पञ्चायतकि उपप्रधानपञ्च र पछि ०३८ काे जनपक्षीय रापंसमा निर्वाचित भएपछि उनले तात्कालिक प्रधानमन्त्री सुर्यबहादुर थापा,लाेकेन्द्र बहादुर चन्दलाई जनताका र सुशासनका पक्षमा काम गर्न आग्रह गर्ने गरेकी थिइन।२०३८ सालका रापंस चुनावमा जितेपछि उनको चर्चा तीब्र भएको थियो ।
पञ्चायतकालमा पनि जनताका अधिकारप्रति लड्ने स्वभावले उनलाई ‘जनपक्षीय पञ्च’ बनाएको थियो ।आजका भ्रष्ट,सुकिला मुकिला,ठगी धन्दा र विदेशी दलाली गर्ने नेताहरुका अगाडी नानीमैया ‘जनपक्षीय पञ्च’ नेता भएको धेरैको प्रतिक्रिया छ ।

