खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी,बिस्तृत विवरण आउँन बाँकी



काठमाडौ। काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ ।

सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो ।

सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।

तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण आउन बाँकी छ। आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन ।
(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्