लक्ष्मण शर्माको अध्यक्षतामा काठमाडौं प्रेस चौतारीले छान्यो नयाँ नेतृत्व



काठमाडौं । प्रेस चौतारी नेपाल काठमाडौं शाखाको छैटौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले लक्ष्मण शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।

नयाँ कार्यसमितिमा उपाध्यक्षका रूपमा प्रविण रिजाल र शुभद्रा धिताल चयन भएका छन्। सचिवमा श्रीकृष्ण ढकाल, सह–सचिवमा राजु नापित र उत्सव बजगाँई निर्वाचित भएका छन्।

त्यसैगरी, कोषाध्यक्ष पदमा कमल पन्थी चयन भएका छन्। सदस्यहरूमा रामेश्वर ढकाल, रामकुमार प्याकुरेल, रामकुमार अधिकारी, अमृता नेपाली, अमृत बस्नेत, पूजा सापकोटा, हरि प्रसाद सिग्देल, श्रीकृष्ण बस्नेत, र सुजन मैनाली निर्वाचित भएका छन्।

नयाँ नेतृत्वले आगामी कार्यकालमा पत्रकारिता क्षेत्रको विकास र सुदृढीकरणका लागि विभिन्न कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्