रबिलाई न्यायिक हिरासतमा पठाईएपछि समर्थकहरुको बिरोध प्रदर्शन
काठमाडौं । थुनछेक बहस नसकिए पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले न्यायिक हिरासतमा पठाएपछि उनका समर्थकहरुले जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शन गरिएको छ ।

जिल्ला अदालतका न्यायाधीसले भोलि फेरि हाजिर हुने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेका थिए । यसअघि काठमाडौं जिल्ला अदालत र रुपन्देही जिल्ला अदालतको भन्दा फरक आदेश गरेको भन्दै समर्थकहरु असन्तुष्ट बनेका हुन् ।
आज थुनछेक बहस नसकिएपछि चितवन प्रहरीलाई अदालतले लेखेको पत्रमा ‘प्रतिवादी रवि लामिछानेको बयान कार्य सम्पन्न भई समय अभावका कारण थुनछेक कार्य नभ्याइएको हुँदा प्रतिवादीलाई फिर्ता पठाइदिनू’ भन्ने अदालतको आदेशानुसार भोलि दिनको १० बजे उपस्थित गराउने गरी सुरक्षाकर्मीको जिम्मा लगाई पठाइएको उल्लेख छ ।file foto

