स्थापना दिवसका अवसरमा १८ पत्रकारलाई प्रेस चौतारी नेपाल सोलुखुम्बुको सम्मान
सोलुखुम्बु। प्रेस चौतारी नेपाल सोलुखुम्बुले जिल्लाका १८ जना पत्रकारलाई सम्मानित गरेको छ।

२७ औँ स्थापना दिवसका अवसरमा मंगलबार सदरमुकाम सल्लेरीमा आयोजित कार्यक्रममा प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघ सोलुखुम्बुका वर्तमान तथा पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मानपत्रसहित सम्मानित गरेको हो।
सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ सोलुखुम्बुका संस्थापक अध्यक्ष नारायण कुमार श्रेष्ठ, पूर्व अध्यक्षहरू मनोज कुमार श्रेष्ठ र नुतन श्रेष्ठ,पूर्व सचिव डिबी खालिङ,महासंघका वर्तमान अध्यक्ष सुवास दर्नाल,उपाध्यक्ष धनबल राई,गार्डेन राई,सचिव अन्जु कार्की,कोषाध्यक्ष अमृत थुलुङ,सहसचिव डिल्ली शर्मा,तेज नाछिरिङ तथा सदस्यहरू सुनिल गुरुङ,अर्जुन कुमार मण्डल,सविना राई, मोतिराम रसाइली,पवित्रा राई,मिलन नाछिरिङ लगायत छन् ।
जिल्लामा पत्रकारिता क्षेत्रको बिकासका लागि गरेको योगदानको कदर गर्दै उनीहरूलाई सम्मानित गरिएको प्रेस चौतारी सोलुखुम्बुकि अध्यक्ष गार्डेन राईले बताईन।
कार्यक्रममा नेकपा (एमाले) सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोला,सचिव कल्पना राई नेपाल पत्रकार महासंघ सोलुखुम्बुका संस्थापक अध्यक्ष नारायण कुमार श्रेष्ठ,प्रेस सेन्टर नेपाल सोलुखुम्बुकी अध्यक्ष तथा महासंघकी सचिव अन्जु कार्की,महासंघका पूर्व अध्यक्ष मनोज कुमार श्रेष्ठ लगायतका बक्ताहरुले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन पत्रकारहरु जिम्मेवार ढंगले अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रम प्रेस चौतारी नेपाल सोलुखुम्बुकि अध्यक्ष राईको अध्यक्षतामा सम्पन्न भएको थियो।

