साउदी अरबमा सडक दुर्घटना : तीन नेपाली र नौं भारतीयको मृत्यु



काठमाडौं।साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली र नौं भारतीय कामदारको मृत्यु भएको छ ।

साउदी पश्चिमी क्षेत्रको जिजान नजिकै भएको भयानक सडक दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका सुवास यादवका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन् ।

सोही दुर्घटनामा एक नेपाली घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ । सडक दुर्घटनामा नौं भारतीय नागरिकको पनि मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्