कोरोनाले लियो ७ लाख ५५ हजारको ज्यान



काठमाडौं,३२ साउन । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ५५ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख ५५ हजार ७८६ को मृत्यु भइसकेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । हालसम्म संक्रमितको संख्या २ करोड १० लाख २६ हजार ७५८ पुगेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्