नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा ‘युराक’ सर्बसम्मत
सोलुखुम्बु । नेपाल निजामती कर्मचारी संगठनको १२ औं जिल्ला अधिबेशन सम्पन्न भएको छ।

‘सम्पूर्ण निजामती कर्मचारी एकजुट होऔं’ भन्ने नाराका साथ जिल्ला सदरमुकाम सल्लेरीमा बिहिबार सम्पन्न अधिबेशनले युवराज शर्मा’युराक’को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।अधिबेशनले उपाध्यक्षमा उमादेवी राई सचिवमा लक्ष्मण कार्की, सहसचिवमा बिनोद निरौला र कोषाध्यक्षमा मनोज कुमार महतोलाई चयन गरेको निर्बाचन समितिले जनाएको छ।
निर्बाचन समितिका अनुसार गंगा इङनाम, भानुभक्त पोखरेल, डिल्लीराम श्रेष्ठ, सजिता राई, नन्दराज राई, महेश शर्मा, सूर्य रेग्मी मगर, सरला राई र राजकुमार राई सदस्यमा निर्बाचित भएका छन्।
अधिबेशनलबाट केन्द्रीय प्रतिनिधिमा छत्र बहादुर खड्का, फडिन्द्र खत्री, महेस भण्डारी, रेखा राजभण्डारी, गंगा बहादुर कटवाल र प्रदेश प्रतिनिधिमा शरणलाल दास केवरत चयन भएका छन् ।
नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष प्रभास शाहको प्रमुख आतिथ्यता तथा कोशी प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य बुद्धि कुमार राजभण्डारीको विशेष आतिथ्यतामा सप्पन्न अधिबेशनको उद्घाटन सत्रमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य एवं सोलुखुम्बु जिल्ला इन्चार्ज हरिप्रसाद आचार्य, संगठनका संस्थापक अध्यक्ष बुद्धिनारायण श्रेष्ठ, नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बु अध्यक्ष डुफ कुमार बास्तोला लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।
हाल संगठनमा ३१६ जना सदस्य आबद्ध रहेको र आगामी दिनमा सदस्यता बढाउने संगठनको लक्ष्य रहेको नवनिर्बाचित अध्यक्ष शर्माले जानकारी दिए ।

