अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीलाई प्रचण्डले दिए बधाई
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका छन्।

अध्यक्षमा निर्बाचित विजय प्रकाश सापकोटासहित नवनिर्वाचित पदाधिकारीलाई बिहिवार खुमलटार बोलाएर उनले बधाई दिएका हुन।अध्यक्षमा निर्बाचित सापकोटाको पक्षमा अध्यक्ष प्रचण्ड खुलेरै लाफेका थिए।
२३औं राष्ट्रिय सम्मेलन अन्तरगत शनिबार भएको निर्वाचनबाट अध्यक्षमा सापकोटा,उपाध्यक्षहरुमा अटल आचार्य,मदन ढकाल
विराज थापा,दीपा जैशी,ममता अधिकारी,सन्दीप पुन,कृष्णबहादुर सुनार,अभिमन्यु यादव,उमेश कंडेल महासचिवमा रोशन थापामगर
उपमहासचिवमा विपिन पोखरेल,गजेन्द्र यादव,निर्मला गौतम,भगवान बास्तोला,रेशम अधिकारी,प्रकाश अधिकारी,रामचन्द्र भट्ट,निरोज श्रेष्ठ
जटिल कार्की सचिवमा प्रेम जैशी,वीरेन्द्र जिसी,शिशिर बस्याल
सम्झना राई,तिर्सना आलेमगर,सम्कृति पुन,मिरोज अहमद,आर्टिस्ट मोक्तान,आशा उपरकोटी,अमर मण्डल,जीतेन्द्र भण्डारी,युन्छो हाङ्ग मावो र कोषाध्यक्षः फूलमाया रानामगरसहित २४३ सदस्यीय कमिटी निर्वाचित भएको थियो।

