बिरामी बोकेर काठमाडौं हिंडेको सुमो ओखलढुंगामा दुर्घटना हुंँदा तीन जनाको घटनास्थलमै मृत्युु



ओखलढुंगा।खोटाङबाट काठमाडौं जाँदै गरेको सुमो ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

खोटाङको केपिलासगढीबाट बिरामी लिएर काठमाडौ जाँदै गरेको ना १ ज ६४२१ नम्बरको सुमो बिहिबार दुर्घटना हुंँदा ५६ वर्षीया मायादेवी गुरुङ, २८ बर्षीय पुजन गुरुङ र ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

मृत्यु हुने २८ बर्षीय गुरुङ मायादेवीका छोरा र ४५ बर्षीया तारा बहिनी हुन्। आगोले जलेर घाईते भएकी माया गुरुङलाई उपचारको लागि छोरा र बहिनीले काठमाडौं लिएर हिँडेका थिए ।

चालक सुनसरी जिल्लाको इनरुवा निवासी वर्ष २२ का अनिल पण्डित फरार छन् ।यस सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्