नवज्योति सहकारीको १० औं साधारणसभा सम्पन्न, कटेल अध्यक्षमा सर्बसम्मत



काठमाडौं, ३१ साउन ।काठमाडौंको सितापाइलामा रहेको नबज्योती सहकारी संस्थाको १० औं साधारण सभा सम्पन्न भएको छ।

कोभिड- १९को माहामारीलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम राख्दै शनिबार सम्पन्न सो साधारणसभाले रमेश कुमार कटेलको अध्यक्षतामा सात सदस्यीय समिति सर्बसम्मत रुपमा चयन गरेको छ।

समितिको उपाध्यक्षमा कृष्ण घिमिरे, सचिवमा बुद्दी कटेल, कोषाध्यक्षमा आशिष रायमाझी रहेका छन भने आशिष पौडेल, गोमा श्रेष्ठ र देबि काफ्ले रहेको सो सहकारीले जनाएको छ।

यसैगरी साधारणसभाले लेखा समितिको चयन समेत गरेको छ।समितिको संयोजकमा रिषिकेश जङ बुढाथोकी र सदस्यद्वयमा रोहित भट्टराई र बबिता चौलागाईंलाई निर्बाचित गरेको छ।

प्रतिक्रिया दिनुहोस्