एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं।सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज (मंगलबार) बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।आजको बैठकमा एमाले प्रवेश गर्ने तयारीमा रहेका वामदेव गौतमकाबारेमा छलफल तथा निर्णय हुनेछ ।
आजको बैठकले गौतमलाई स्वागत गर्नुका साथै उनको जिम्मेवारीका बारेमा समेत छलफल गर्नेछ । यसका साथै समसामयिक राजनीति र संसदको दिउँदे अधिवेशनबारे छलफल हुने नेताहरुले बताएका छन् ।

