कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९६ पुग्यो



काठमाडौं, ३० साउन । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । गएराति कोशी अञ्चल अस्पताल विराटनगरमा सिरहाको विष्णुपुर गाउँपालिका-१ गौरीपुरका ४० वर्षका पुरुषको ज्यान गएको हो ।

ज्वरो, टाइफाइड र श्वास-प्रश्वासमा समस्या देखिएपछि अस्ति विराटनगर पुगेका पुरुषको आइसोलेशनमा उपचार भइरहेको अस्पतालले जनाएको छ । उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो । अहिले शव सिरहा लैजाने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा नियमित पत्रकार सम्मेलनमा मात्रै जानकारी दिनेछ ।

प्रतिक्रिया दिनुहोस्