उदयपुरका एमाले नेता कार्की ६ महिनाका लागि निलम्बित



काठमाडौं।सामाजिक सञ्जालबाट नेतृत्वबिरुद्ध लगातार अभिब्यक्ति दिएको भन्दै नेकपा (एमाले)ले कोशी प्रदेश सभाका पूर्व सांसद एव‌म् उदयपुरका नेता विमल कार्कीलाई एमालेले ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै उनलाई मंसिर १६ मा एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले तीन दिनभित्र जवाफ दिन स्पष्टीकरण सोधेका थिए । तर त्यसको चित्तबुझ्दो जवाफ नआएपछि पुस २७ गते बसेको कोशी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गरेको एमाले कोशी अध्यक्ष खतिवडाले जानकारी दिए।

‘६ महिनाका लागि उहाँलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय भएको छ’, खतिवडाले भने।‘तपाईंको नामको फेसबुक आइडीबाट पार्टी नेतृत्वविरूद्ध लगातार अभिव्यक्ति आइरहेको छ। त्यो फेसबुक आइडी तपाईंको हो कि होइन, हो भने तपाईंलाई किन कारबाही नगर्ने’ भन्दै अध्यक्ष खतिवडाले कार्कीलाई स्पष्टीकरण सोधेका थिए।

प्रतिक्रिया दिनुहोस्