सोलुखुम्बु उद्योग वाणिज्य संघको अध्यक्षमा रामलाल,राजकुमार वरिष्ठ उपाध्यक्ष



सोलुखुम्बु।सोलुखुम्बु उद्योग वाणिज्य संघ कार्यसमितिको अध्यक्षमा व्यवसायी रामलाल श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।

संघको कार्यालय सल्लेरीमा बिहिवार सम्पन्न चौँथो जिल्ला अधिवेशनले आगामी तीन बर्षका लागि श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसम्मत चयन गरेको नेपाल पत्रकार महासंघका जिल्ला सचिव डिबी खालिङले जानकारी दिनुभयो ।

समितिको वरिष्ठ उपाध्यक्षमा राजकुमार श्रेष्ठ,उपाध्यक्षमा भानुभक्त उपाध्याय सचिवमा महेश खालिङ राई, सहसचिवमा शारदा माया तामाङ र कोषाध्यक्षमा वकिल कार्की चयन हुनुभएको छ।सदस्यहरुमा नारायण कुमार श्रेष्ठ,किशोर श्रेष्ठ,शिबकुमार कार्की,नेत्र प्रसाद कार्की,भोगेन्द्र खनाल,कृष्ण प्रसाद निरौला र पदम नेपाली चयन भएको खालिङले बताउनुभयो ।

सोलुखुम्बुका प्रदेश सांसद तथा पूर्व मन्त्री बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न अधिबेशनको उद्घाटन सत्रमा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला, सोलुदुधकुण्ड नगरपालिका उपप्रमुख गान्धी माया तामाङ, प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेलगायतको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्