थुलुङ दुधकोशीमा तीनदिने बिषयगत शिक्षक तालिम सम्पन्न
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपाल र थुलुङ दुधकोशी गाउँपालिकाको संयुक्त आयोजनामा संचालित तीनेदिने बिषयगत शिक्षक तालिम सम्पन्न भएको छ।

गणित, अंग्रेजी, विज्ञान र सामाजिक विषय अध्यापनरत पालिका भित्रका ९२ जना शिक्षकको सहभागीता रहेको सो तालिमको बुधबार गाउँपालिका उपाध्यक्ष सबिता राईले समापन गर्नुभएको हो।वडा नम्बर ६ का वडा अध्यक्ष महेन्द्रदीप राई, शिक्षा शाखा प्रमुख गणेश गुरुधामीको उपस्थिति रहेको सो कार्यक्रममालाई सम्बोधन गर्दै उपाध्यक्ष राईले पालिकाको मुख्य ध्यान नै शिक्षा क्षेत्रमा केन्द्रित भएकोले शैक्षिक गुणस्तर सुधार गर्न थप मेहनत गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा वडा अध्यक्ष महेन्द्रदीप राई,शिक्षा शाखा प्रमुख गणेश गुरुधामी,जीवनज्योति मा वि नेलेका शिक्षक देवीबहादुर बस्नेत,रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरी,सहभागीको तर्फबाट जुनुमाया राईले आआफ्नो धारणा राख्नुभएको थियो।
थुलुङ दुधकोशी गाउँपालिकाको समन्वय तथा रीड नेपालको आयोजनामा सम्पन्न तालिममा रीड नेपालका विषय विज्ञ अभिषेक विक्रम शाह अर्पण रेग्मी बासु वाग्ले राजीव ढुंगाना सुजाता राईले तालिमको सहजीकरण गर्नुभएको जनाईएको छ।

