राष्ट्रपति पौडेलद्वारा विश्वविद्यालय विधेयक प्रमाणीकरण



केदार बस्नेत काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ।

बुधबार आज राष्ट्रपति पौडेलले उक्त विधेयकको प्रमाणीकरण गरेको उपसचिव अर्चना खड्का अधिकारीले रहस्य खबरलाई जानकारी दिनुभयो।

संघीय संसदका दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि उक्त विधेयक राष्ट्रपति समक्ष  पेश भएको थियो।राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्