नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच भोलिबाट ‘सगरमाथा फ्रेन्डसिप अभ्यास’ हुने
काठमाडौं।नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच १० दिने‘सगरमाथा फ्रेन्डसिप अभ्यास’हुने भएको छ ।

शनिबार (भोलि) सुरु भएर १५ गतेसम्म चौथो सँस्करण चीनको चोङ्क्वीङमा सञ्चालन हुने उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाको टोली आज चीन प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
विक्रम संवत् २०७४ देखि शुरू भएको उक्त अभ्यासबाट विपद् व्यवस्थापन,संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन,प्रतिआतङ्कबादलगायत विषयमा ज्ञान आदानप्रदान हुने निर्देशनालयले जनाएको छ।
नेपाली सेनाले विपद् व्यवस्थापन,मानवीय सहयोग,संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनलगायत कार्यमा क्षमता अभिवृद्धि गर्ने सन्दर्भमा विभिन्न देशका सेनासँग यस्ता अभ्यास र पेसागत प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।
नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालोमा सञ्चालन हुँदै आएको उक्त अभ्यास कोभिड–१९ को महामारीपछि केही वर्ष स्थगित भई पुनः सञ्चालन हुन लागेको निर्देशनालयले जनाएको छ ।
file foto

