गार्मामा सोलुखुम्बु जिल्लामै पहिलो पटक वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगिता सुरु



सोलुखुम्बु । सोलु दुधकुण्ड नगरपालिका वडा नं-७ गार्माद्वारा आयोजित प्रथम वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको छ।

सोलुखुम्बु जिल्लामै पहिलो पटक आयोजना गरिएको सो जिल्ला व्यापी प्रथम वडा अध्यक्ष रनिङ शिल्ड पुरुष भलिवल प्रतियोतिगाको बिहीबार कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति एबम् सोलदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले उद्घाटन गर्नुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शेर्पाले जिल्लामै पहिलो पटक वडा नं ७ कार्यालय गार्माले पुरुष भलिवल प्रतियोगिता आयोजना गरेकोमा  खुसी व्यक्त गर्दै शारीरिक तन्दुरुस्ती र मानसिक स्वास्थ्यका लागि खेलकुदको महत्व अतुलनीय रहेको बताउनुभएको थियो।

वडा नं-७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रलाई सोलुदुधकुण्ड नगर उपप्रमुख गान्धीमाया तामाङ,सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राई लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो।

प्रतियोगितामा २५ टिमले सहभागीता रहेको उद्घाटन कार्यक्रममा जानकारी गराईएको छ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद रु एक लाख एक हजार १ सय, ७५ हजार १ सय र ५० हजार १ सयको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयोे ।

यस्तै सान्त्वना हुने टिमलाई नगद २५ हजारको साथमा प्रमाण–पत्र प्रदान गरिने छ । विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजारको साथमा ट्रफी र प्रमाण–पत्र, उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर, डिफेन्टर र नव उदयमान खेलाडीलाई नगद २/२ हजारको साथमा ट्रफी र प्रमाण–पत्रको व्यवस्था रहेको कार्यक्रम संयोजक एवं वडा सदस्य भलाकाजी कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्