श्रमिक टाइम्सको बार्षिकोत्सवमा पत्रकार अधिकारीसहित विभिन्न व्यक्तित्व सम्मानित




काठमाडौं।नारी संसार पाक्षिककी सम्पादक इशा अधिकारीसहित विभिन्न ब्यक्तित्वहरुलाई सम्मानित गरिएको छ।

पत्रकारिताको माध्यमबाट नारी हक हितका लागि निडरतापूर्बक समाजमा जागरण ल्याउन निरन्तर क्रियाशील रहेको भन्दै पत्रकार अधिकारी र आचार्यलाई काठमाडौको प्रज्ञा भवनमा आयोजित श्रमिक टाइम्स पत्रिकाको छैठौं वार्षिक उत्सव तथा श्रमिक टाइम्स डटकम सार्बजनिक समारोहमा पत्रकारद्वय सहित समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई शुक्रबार सम्मानित गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारीले सम्मानित व्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गरेका थिए।

उक्त कार्यक्रममा नेपाली कांग्रेस ट्रेड यूनियनका अध्यक्ष योगेन्द्र कुवर, जिफन्टका अध्यक्ष तथा संविधानसभा सदस्य विनोद श्रेष्ठ, श्रम विभागका डिजी र श्रमिक पत्रकारहरु लगायत मजदुर वर्ग र विभिन्न क्षेत्रका महानुभावहरुको उपस्थिति रहेको थियो ।

श्रमीक टाइम्सका सम्पादक दिपक भट्टाचार्यको सभापतित्व तथा कलाकार याम जिसीले सञ्चालन गरेको सो कार्यक्रममा मन्त्री भण्डारीले वरिष्ठ समाजसेवी तथा धार्मिक अभियन्ता योगिनी भीम सुवा गुरुङ, क्षेत्री समाज महासंघका अध्यक्ष विष्णुबहादुर खडका , समाजसेवी सुभास सुब्बा लिम्बु,चर्चित झांक्री प्रकाश भुजेल , शिक्षासेवी रामहरी सिलवाल, नागरिक समाजका अध्यक्ष तथा समाज सेवी याम बहादुर जिसी,समाजसेवी तथा परम्परा आर्युवेद अभियन्ता आशा खड़का,अभियन्ता रमेश पण्डित,युवा समाजसेवी तथा व्यवसायी शंकरसिंह ठकुरी र सञ्चारकर्मी गोपाल आचार्य लगायतलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरेको पत्रिकाले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथी भण्डारीले अहिलेको परिस्थितिमा युवा वर्गलाई स्वदेशमै रोजगार दिन नसकिने र यसलाई विदेशबाट फर्केर आएका युवाहरुलाई उनीहरुको सीप अनुसार नेपालमा नै काम गर्ने वातावरण सृजना गर्दै अबको दश वर्षभित्र आम युवाहरुलाई स्वदेशमा नै रोजगार दिन सक्ने गरि योजना बनाउन लागेको कुरा अवगत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्