जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ




काठमाडौं।वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ४२ वर्षीय राम कुमार जिमी छन्।

राम कुमारले जापान पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२५ सुन्धाराबाट बिहीबार पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्