बीपी संस्कृत माबिका सम्पूर्ण विद्यार्थीलाई TSW ले उपलब्ध गरायो ट्रयाक सुट



सोलुखुम्बु।नेचासल्यानको वडा नं-२ स्थित बीपी संस्कृत माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई ट्र्याक सुट बितरण गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पाको प्रमुख आतिथ्यमा शनिबार विद्यालयद्वारा आयोजित ६० औँ बाल दिवस पोशाक वितरण तथा स्वागत कार्यक्रममा विद्यार्थीहरुलाई ट्र्याक सुट बितरण गरिएको हो।

नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश क्षेत्र ‘ख’ का सभापति तथा ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (TAAN) का निर्बाचित वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा नेतृत्वको The small world नामक गैर सरकारी संस्थाले विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई ट्र्याक सुट बितरण उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक उमाकान्त काफ्लेले जानकारी दिनुभयो।शेर्पा नेतृत्वको सो संस्थाले शैक्षिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ।

शेर्पा सहित नेपाली कांग्रेस प्रदेश ‘क’ का सभापति तथा नेचा सल्यान गाउँपालिका अध्यक्ष धनजन राई कार्यक्रमका बिशिस्ट अतिथि रहनुभएको थियो।कार्यक्रममा नेचासल्यान गाउँपालिका उपाध्यक्ष बिना राई ,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुण दलका केन्द्रीय सदस्य नविन थापा,तरुण नेता अशोक झा,युवा नेता भेष कुमार बास्तोला,वडा नं २ का अध्यक्ष तथा नेपाली काँग्रेसका सभापति सिताराम काफ्ले वडा सदस्य खेम राई, महिला नेतृ सम्झना राई लगायतको उपस्थिति रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् व्यवसायी सुरज केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका तर्फबाट अतिथिहरुलाई स्वागत गरिएको प्रधानाध्यापक काफ्लेले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्