नेपाल प्रहरीमा खुल्यो जागिर,प्रहरी निरीक्षक पदका लागि ६४ र सहायक निरीक्षकमा २ सय ५६ जना

काठमाडौ।नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ ।

प्रहरी निरीक्षक पदका लागि ६४ जना र प्रहरी सहायक निरीक्षक पदका लागि २ सय ५६ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ।
अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https:// careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ। नयाँ भर्ना हुन इच्छुक नागरिकहर ले भदौ ३० गतेदेखि असोज ३० गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् ।
दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

