ऐतिहासिक पदक बिजेता पलेशाले पाईन ६५ लाख पुरस्कार
काठमाडौं।पेरिस ओलम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनले ६५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्।

राष्टिय खेलकुद विकास नियमावली अनुसार उनलाई शुक्रबार सरकारले सो पुरस्कर प्रदान गरेको हो।युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पलेशालाई ६५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । साथै प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।
पलेशा दुई हप्ता अघि फ्रान्सको पेरिसमा भएको के ४४ क्याटेगोरी ५७ केजी मुनीको प्रतिस्पर्धामा पदक जितेर इतिहास बनाउन सफल भएकी हुन् । पलेशाले हासिल गरेको सफलता नेपालको खेलकुद क्षेत्रमा अहिलेसम्मको ठूलो पदक हो ।

