नयाँ क्रियाशील सदस्यता बितरणका लागि तय मापदण्ड अध्ययनका लागि सोलु कांग्रेसले गठन गर्यो कार्यदल

सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुले नयाँ क्रियाशील सदस्यता वितरणका लागि तय भएका मापदण्डका आधारमा आवश्यक अध्ययन गरी सुझाव पेश गर्न जिल्ला सह-सचिब ङिमाछिरी शेर्पाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ।

जिल्ला कार्यसमितिका सभापति नाम्गेल जाङबु शेर्पाको अध्यक्षतामा बिहीवार पार्टी कार्यालय बसन्तबजारमा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले दावागेलु पाख्रीन र बिना राई सदस्य रहने गरी तीन सदस्यीय कार्यदल गठन गरेको प्रबक्ता चन्द्र आचार्यले जानकारी दिए।
पार्टीका केन्द्रीय सदस्य एबम पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पाको विशेष उपस्थितिमा सम्पन्न सो बैठकले गत भाद्र २ गते पार्टी सभापति नाम्गेल जाङ्बु शेर्पाद्वारा पार्टीको नियमावली बमोजिम १५ वटा शाखा प्रमुखहरु लाई प्रदान गरिएको जिम्मेवारी अनुमोदन गर्नुका साथै केन्द्रवाट प्राप्त कृयाशील सदस्यता नवीकरण फाराम बैठकमा उपस्थित पालिका सभापति/उप-सभापतिमार्फत र अनुपस्थित पालिकाको हकमा सम्बन्धित वडा सभापतिहरुलाई नियमानुसार हस्तान्तरण गरी यथाशक्य चांडो सम्बन्धित वडा भित्रका पार्टी नेता कार्यकर्ता र कृयाशील सदस्यहरुको परामर्श बैठक वसि नविकरण गराई प्रकृयासंगत रुपमा जिल्ला कार्यसमिति समक्ष उपलब्ध गराउन निर्देश गर्ने निर्णय पनि गरेको छ।
जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौला,सोलुखुम्बुबाट प्रतिनिधितब गर्ने पार्टी प्रदेश कार्यसमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु,पार्टी पदाधिकारी एवं सदस्यहरु, क्षेत्रीय सभापति, पालिका सभापति र निर्वाचित जनप्रतिनिधिहरु समेत गरी ३५ जनाले वैठकका एजेण्डाहरुमाथि आ-आफ्नो धारणा राख्नुभएको प्रबक्ता आचार्यद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।

